महिला लघुवित्तको लाभांश परिमार्जन, बोनस सेयर बढ्यो

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ ।

 

नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले लाभांशदर परिमार्जन गरेको हो । संशोधित लाभांश अनुसार सेयरधनीले पाउने बोनस सेयर बढेको छ भने नगद घटेको छ । कुल लाभांश भने यथावत रहेको छ ।

 

लघुवित्तले यसअघि ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद घोषणा गरेकोमा अब ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद दिने भएको छ ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

 

हाल १० करोड चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरणपछि चुक्ता पूँजी १४ करोड ७० लाख रुपैयाँ पुग्नेछ ।

न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

तनहुँ जलविद्युतको प्रसारण लाइन निर्माणले गति लिँदै, ७ टावर तयार Read Next

तनहुँ जलविद्युतको प्रसारण लाइन निर्माणले गति लिँदै, ७ टावर तयार