न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आज बिहान विक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटलमा आइपीओ बाँडफाँट गरिएको हो ।

 

क्यापिटलका अनुसार गोलप्रथाबाट भाग्यमानी २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने २० लाख ३१ हजार ८८८ जनाको हात रित्तो भएको छ ।

 

कम्पनीले असोज १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर विक्रीमा ल्याएको थियो ।

 

जसमा कुल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएक थिए । सोमध्ये १३ हजार ९४६ आवेदन विभिन्न कारणले रद्द भएको क्यापिटलले जनाएको छ ।

 

कम्पनीले यसअघि पहिलो चरणमा भदौ १ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङवासीलाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर जारी गरिसकेको छ ।

 

कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

 

कम्पनीले आयोजनाको अनुमानित लागत ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ रुपैयाँ हुने र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १८६.५ रुपैयाँ हुने जनाएको छ ।

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

 

यसैगरी, विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र न्यादी हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

देशका मुख्य पर्यटकीय गन्तव्य घुम्न कति लाग्छ खर्च ? यस्ता छन् टूर प्याकेजहरू Read Previous

देशका मुख्य पर्यटकीय गन्तव्य घुम्न कति लाग्छ खर्च ? यस्ता छन् टूर प्याकेजहरू

महिला लघुवित्तको लाभांश परिमार्जन, बोनस सेयर बढ्यो Read Next

महिला लघुवित्तको लाभांश परिमार्जन, बोनस सेयर बढ्यो