सेयर बजारमा लगातार दोस्रो दिन भिषण पहिरो, ७७.३३ अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजारमा लगातार भिषण पहिरो गएको छ । साताको तेस्रो दिन ७७.३३ अंकले घटेर नेप्से परिसूचक २५१०.७३ को बिन्दुमा झरेको हो । यसअघि आइतबार दशैं विदा पछिको पहिलो कारोबार दिनमा १७.५९ अंकले बढेको बजार सोमबार ६९.५१ अंंकले घटेको थियोे ।

 

आज २२१ कम्पनीको ३ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेका अनुुसार ५४ हजार पटकको सेयर कारोबारमा ९ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका सबै उप–समूहको राताम्मे भएका छन् ।

 

फाइनान्स समूह सबैभन्दा धेरै ५.९ प्रतिशतले घटेको छ भने हाइड्रो पावर र विकास बैंक ४ प्रतिशत बढिले घटेका छन् । यसैगरी निर्जीवन बीमा, बैंकिङ, माइक्रो फाइनान्स पनि २ प्रतिशत भन्दा बढिले घटेका छन् ।

 

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ११ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नेपाल क्रेडिट एण्ड कर्मश बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिमाालयन डिस्टिलरी, अपि पावर र नेशनल हाइड्रो कम्पनीको ९ करोड रुपैयाँ बढिको सेयर खरिद बिक्री भएको छ ।

 

घटेको बजारमा पनि माहुली सामुदायीक लघुवित्त र मानुसी लघुवित्तको सेयर मूल्य ४ प्रतिशत बढिले बढेको छ ।

 

आज सबैभन्दा बढि नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले करिब १० प्रतिशतले गुमाएका छन् । यस्तै, नेशनल हाइड्रोपावरका लगानीकर्ताले ९.४९ प्रतिशले गुमाएका छन् । आज अरुण भ्याली हाइड्रो र मैलुङ खोला हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतले घटेको छ ।

 

अनलाइनबाटै खाना अर्डर गर्नेको संख्या दोब्बरले बढ्यो, यी प्लेटर्फम मार्फत गर्न सकिन्छ अर्डर Read Previous

अनलाइनबाटै खाना अर्डर गर्नेको संख्या दोब्बरले बढ्यो, यी प्लेटर्फम मार्फत गर्न सकिन्छ अर्डर

दशैंमा ४० प्रतिशतले घट्यो खसीबोकाको खपत, करिब १० हजार खसीबोका फिर्ता लगिए Read Next

दशैंमा ४० प्रतिशतले घट्यो खसीबोकाको खपत, करिब १० हजार खसीबोका फिर्ता लगिए