काठमाडौं । पछिल्ला वर्षहरुमा नेपालीहरुमा दशैंका बेला घुमफिर गर्ने संस्कृति विकास हुँदै गएको छ । केही वर्ष यता मासु, मदिरा खाएर, तास खेलेर बिताउने भन्दा देशकै विभिन्न ठाउँहरु घुम्ने संस्कृति फस्टाउँदै गएको हो ।
आन्तरिक पर्यटकको बढ्दो घुमफिर संस्कृतिलाई मध्येनजर गर्दै ट्राभल एजेन्सीहरुले पनि चाडवाडको बेला विभिन्न टूर प्याकेजका अफर ल्याउने गरेका छन् ।
यस वर्षको दशैंलाई लक्षित गर्दै धेरै ट्राभल एजेन्सीहरुले टूर प्याकेज नल्याए पनि केहीले भने ल्याएका छन् । जुन यस्ता छन्
कुन ठाउँका लागि कस्ता छन् प्याकेज
नमोबुद्ध ट्राभल्सले यो पटक दशैंका लागि पाथिभरा–हलेसि–मुक्तिनाथ–पोखरा–बन्दिपुरमा घुम्न जान चाहानेहरुका लागि केही प्याकेज अफर ल्याएको छ । नमोबुद्धले पाथिभरा घुम्न जान चाहानेहरुका लागि ३ रात ४ दिनको प्याकेज ल्याएको छ । काठमाडौंबाट फिकल, ठूलोफेदी, पाथीभरा हुँदै इलामको यात्राका लागि प्रति व्यक्ति १३ हजार ५०० रुपैयाँ खर्च लाग्ने छ । सो रकमभित्रै ३ समय खाना तथा बस्नको व्यस्ता गरिएको एजेन्सीले जनाएको छ ।
यसैगरी, हलेसी घुम्न जान चाहानेहरुका लागि १ दिन २ रातको प्याकेज रहेको छ । प्रतिव्यक्ति ४ हजार ५००को उक्त प्याकेजमा ३ समय खाना र बस्ने ठाउँको समेत व्यवस्था गरेको छ । मुक्तिनाथ घुम्न जान चाहानेहरुका लागि प्रतिव्यक्ति १३ हजार रुपैयाँको प्याकेज रहेको छ । ४ रात ५ दिनको यो यात्रा काठमाडौंबाट सुरु भएर बागलुङ, जोमसोम, मुक्तिनाथ, पोखरा हुँदै फर्किनेछ । प्याकेज अन्तर्गत जिपमा यात्रा, ३ समय खाना र बस्नका लागि व्यवस्था गरिएको छ ।
यस्तै, नमोबुद्धले पोखरा–बन्दिपुरका लागि २ रात र ३ दिनको यात्रा प्याकेज ल्याएके छ । उक्त प्याकेजमा प्रतिव्यक्ति ७ हजार लागतमा स्कर्पियोबाट लगिने छ । प्याकेज अन्तर्गत ३ समय खाना र राम्रो बस्ने ठाउँको व्यवस्था गरिने एजेन्सीले जनाएको छ ।
नमोबुद्धले अप्पर मुस्ताङ जान चाहानेहरुका लागि प्रतिव्यक्ति १७ हजार ९०० ९९ को ५ रात ६ दिनको प्याकेज रहेको छ । उक्त प्याकेजमा काठमाडौं हुँदै बेनी, मुक्तिनाथ, मार्फा, पोखरा घुम्न पाइने छ । प्याकेज अन्तर्गत ३ समय खाना, गाइडर, रुमको व्यवस्था गरिएको छ ।
यस्तै राइजिङ माउनटेन ट्राभलले अन्नपूर्ण बेस क्याम्प घुम्न जानेहरुका लागि प्रतिव्यक्ति १६ हजार रुपैयाँदेखि २१ हजार रुपैयाँको प्याकेज ल्याएको छ ।
गोसाइँकुण्डका लागि ८ हजार ६०० देखि १२ हजार ५०० रुपैयाँको प्याकेज रहेको छ । यस्तै, मनाङ–तिलिचोका लागि २२ हजार रुपैयाँ प्रतिव्यक्ति प्याकेजको व्यवस्था ल्याएको छ ।
हाइक अन ट्राभलले पोखराका लागि विशेष प्याकेज ल्याएको छ । १० प्रतिशत छुट सहित काठमाडौं –पोखरा प्याकेज ल्याएको छ । १ रात २ दिनका लागि खान बस्न सुविधा सहित २ हजार रुपैयाँ प्रतिव्यक्ति प्याकेजको व्यवस्था गरिएको छ ।