जमरा लगाउन मात्र होइन, खाँदा पनि हुन्छन् यस्ता फाइदा

काठमाडौं । दशैंमा टीका लगाउँदा अक्षतासँगै कानमा जमरा सिउरिने गरिन्छ । जौं, मकै, धान र गँहूका लामा पँहेला जमरासँगै आर्सिवाद दिने चलन रहेको छ ।

 

घटस्थापनाको दिन खोलाबाट ल्याइएको बालुवा तथा माटोमा जमरा रोप्ने गरिन्छ । ९ दिनसम्म राखेर उक्त जमरालाई विजया दशमीको दिन टीकासँगै जमरा लगाइन्छ । दुर्गा भगवानलाई मन गर्ने भएकाले विशेष गरी जौँको जमरालाई प्रयोग गरिने चलन रही आएको छ ।

 

खाद्य पदार्थको हिसाबले पनि निकै पौष्टिक मानिने जौलाई संस्कृतमा यव भनिन्छ । यसमा औषधिको गुण पनि पाइन्छ । वैदिक ग्रन्थमा जौँलाई रोग हटाउने, यज्ञयज्ञादीमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने बस्तुको रुपमा लिइएको छ ।

 

गहुँ र जौँको जमरा उमारेर त्यसको रस पिउँदा स्वास्थ्यमा समेत निकै लाभ मिल्ने जानकारहरू बताउँछन् । यसमा पाइने पोषकतत्व मध्य क्लोरोफिल धेरै हुन्छ । जस कारण प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्स गहुँको जमरामा पाइन्छ ।

 

गहुँको जमराको जुस सेवन गर्दा मुख तथा दाँत सम्बन्धि समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुने बताइन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायी हुने बताइन्छ ।

 

पशुपति मन्दिर नजिकै लामो समयदेखि जमराको जुस बेच्दै आएकी जमराको जुसले स्वास्थ्यमा फाइदा पुर्याउने विश्वास रहेको बताउँछिन् । रक्तचाप, मधुमेह एवं क्यान्सर जस्ता रोग भएका मानिसहरूले सात वा नौ दिनसम्म राखेको गहुँको जमराको जुस सेवन गर्दा धेरै फाइदा पुग्ने विश्वास रहेको उनको भनाइ छ ।

 

जमराको जुस खाने तरिका

 

घरमै जौँ तथा गहुँको जमरा खान चाहानेले त्यसै चपाएर पनि खान सक्छन् । गहुँको जमराको जुस स्वादिलो हुने भएता पनि जौँको भने अलि तितो हुने गर्छ । जमराको जुस बनाउँदा ध्यान दिनु पर्नेकुराहरू ।

 

१. जमराको जुस बनाउदा ८÷१० वटा गहुँ वाटा जौँ अथवा दुवैलाई मिलाएर जरैबाट जमरा काटेर राम्रोसँग धुने । अनि त्यसलाई कुटेर वा पेलेर रस निकाल्ने ।

 

२. कुटेको जमरालाई सफा कपडामा राख्ने र निचोर्ने ।

 

३. जमराको जुसमा थोरै तुलसीको रस, मह र अदुवा पनि मिसायर पिउन सकिन्छ ।

 

४. जमराको जुसमा थोरै पानी मिसाएर गिलासमा हालेर पिउन सकिनेछ ।

 

जुस पिउँदा ध्यान दिनु पर्ने कुराहरू

 

कुनै पनि रोगब्याधीबाट ग्रसित व्यक्तिले प्रत्येक दिन ३ देखि ५० एमएमसम्म जुस पिउनसक्ने छन् । यो दिनमा २ पटक सम्म पिउँदा लाभदायी हुने छ ।

 

यसरी जमराको जुस पिउँदा सुरुमा थोरै मात्राबाट सुरु गरेर बढाउँदै लैजान सकिन्छ । जमराको जुस १ हप्तामा ५ दिन सेवन गर्नु लाभदायी हुन्छ । जमराको जुस खादा गहुँ र जौँ बाहेक अन्य (मकै)को जुस खान हुँदैन ।

१७ माइक्रोफाइनान्सको लाभांश घोषणा, कुनको कति ? Read Previous

१७ माइक्रोफाइनान्सको लाभांश घोषणा, कुनको कति ?

घुम्ने जाने योजनामा हुनुहुन्छ ? यस्ता छन् ट्राभल एजेन्सीका टूर प्याकेज Read Next

घुम्ने जाने योजनामा हुनुहुन्छ ? यस्ता छन् ट्राभल एजेन्सीका टूर प्याकेज