काठमाडौं। निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले विदेशी पर्यटकका लागि हवाई भाडादर घटाएको छ ।
बुद्धले २४ औं वार्षिकोत्सवको अवसरमा आगामी अंग्रेजी नयाँ वर्ष सन् २०२२ देखि लागू लागू हुने गरी पर्यटकका लागि हवाई भाडादर झन्डै आधाले घटाएको घोषणा गरेको हो ।
बुद्ध एयरका अनुसार घटाइएको भाडादर १ जनवरी २०२२ देखि लागू हुनेछ । बुद्धले काठमाडौं पोखरा रुटको भाडा झन्डै आधाले घटाएको छ । यसअघि पोखराका लागि १०६ (फेयर र सर्भिस चार्ज बाहेक) अमेरिकी डलर रहेकोमा जनवरीदेखि लागू हुने गरी ६५ अमेरिकी डलर तोकेको छ ।
यसैगरी, काठमाडौं–विराटनगर ९० डलर रहेकोमा ७६ डलरमा झारेको छ भने काठमाडौं–जनकपुर १०६ डलरबाट ४२ डलरमा झारेको छ ।
यस्तै, काठमाडौं–भैरहवा ९२ डलरबाट ६२ डलर, काठमाडौं–नेपालगञ्ज १२२ डलरबाट १०२ डलर र काठमाडौं–भद्रपुर १०९ डलरबाट ९४ डलरमा झारेको छ ।