ह्वात्तै बढ्यो कार आयात, दशैंअघि कति भित्रिए ?

वीरगञ्ज । दशैंतिहार लगायतका चाडपर्वसँगै देशमा चारपाङ्ग्रे सवारीसाधन (जीप कार र भ्यान) को आयात बढेको पाइएको छ ।

 

गतवर्ष चाडपर्वमा कोभिड– १९को सङ्क्रमण कायमै थियो । अहिले कोभिड– १९ को प्रकोप सामान्य बन्दै गएको अवस्थामा चारपाङ्ग्रेको किनबेचले प्राथमिकता पाएको हो ।

 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चाडपर्व लक्षित गरी गत साउन र भदौमा कुल १ हजार ६७२ वटा सवारी साधन उक्त नाका हुँदै आयात भएको देखिन्छ ।

 

सो अवधिमा चारपाङ्ग्रे सवारीसाधन आयातबाट ५ अर्ब २२ करोड ७२ लाख ६१ हजार बराबरको राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । असोजमा पनि यस्ता सवारीसाधान भित्रिने सङ्ख्या धैैरै रहेको देखिन्छ ।

 

यसैगरी वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेष गरी रेलमार्गको बाटो हुँदै भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित गरी चारपाङ्ग्रे सवारीसाधनको आयात बढेको पाइएको छ ।

 

उक्त नाकाबाट पछिल्लो दुई महिनायता विद्युतीय र विद्युतीयबाहेकका चारपाङ्ग्रे सवारीसाधन जीप, कार र भ्यानको आयात बढेको कार्यालयका प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिए ।  रासस

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु, १० जना घाइते Read Previous

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु, १० जना घाइते

८ माइक्रोफाइनान्सले घोषणा गरे २५ प्रतिशभन्दा धेरै लाभांश, कुनको कति ? Read Next

८ माइक्रोफाइनान्सले घोषणा गरे २५ प्रतिशभन्दा धेरै लाभांश, कुनको कति ?