मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

 

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गइरहेको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

 

उक्त बस मंगलबार दिउँसो अन्दाजी साढे २ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा दुर्घटना भएको हो।

 

दुर्घटनामा परी १० जना भन्दा धेरै घाइते भएको जनाइएको छ । बसमा ३९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

 

अहिले घटनास्थलबाट घाइतेहरुको उद्दार र मृतकको शव संकलन भइरहेको प्रहरीले जनाएको छ ।

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा विस्तार Read Previous

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा विस्तार

ह्वात्तै बढ्यो कार आयात, दशैंअघि कति भित्रिए ? Read Next

ह्वात्तै बढ्यो कार आयात, दशैंअघि कति भित्रिए ?