काठमाडौं । डिशहोमको फाइबरनेट इन्टरनेट सेवा चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैंडाकोटमा विस्तार भएको छ ।
देशका विभिन्न सहरहरुमा आफ्नो सेवा विस्तार गर्ने क्रममा डिशहोमले चितवनका विभिन्न ठाउँमा फाइबर नेट पुर्याएको हो ।
डिशहोमले यसअघि प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा, विराटनगर लगायत अन्य स्थानमा आफ्नो सेवा पुर्याइसकेको छ ।
अब छिटै नेपालगञ्ज र धनगढीमा पनि सेवा विस्तार गरिने कम्पनीले जनाएको छ । ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा डिशहोम फाइबरनेटले प्रदान गर्ने भएको छ । ग्राहकहरुले मासिक मात्र ८९९ रुपैयाँमै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन् ।
अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ । असोज ११ गते देखि लागू भएको यो योजना अन्तर्गत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् ।
स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।