दशैंलाई सेयर बजारको रातो टीका, यी हुन् धेरै मूल्य घट्ने ९ कम्पनी
चाणक्य पोष्ट
प्रकाशित : 3:58 pm, सोमबार, असोज २५, २०७८

Advertisement Section

काठमाडौं । सेयर बजारमा आज पनि दोहोरा अंकको गिरावट आएको छ । दशैंअघिको अन्तिम कारोबार दिन सेयर बजार राताम्मे भएर बन्द भएको हो ।

 

आइतबार १८ अंकले घटेको नेप्से आज २३ अंकले घटेको हो । नेप्सेमा दोहोरो अंकको गिरावट आएको आज लगातार दोस्रो दिन हो ।

 

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै १ अर्बले घटेर साढे ३ अर्बमा सीमित भएको छ ।

 

सोमबार सेयर बजार मापक सूचक नेप्से २३.१९ अंकले घटेर २६३९.३७ विन्दुमा आइपुगेको छ । यसदिन २१९ कम्पनीको ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँ बराबरको ९३ लाख १४ हजार ७८० कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड र लगानी बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । लगानी समूह सबैभन्दा धेरै १.०७ प्रतिशतले बढेको छ भने अन्य र व्यापार समूह २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रलरी झन्डै १७ करोड र महालक्ष्मी विकास बैंक १२ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा ग्लोबल आइएमई सम्मुनत स्कीम १ को मूलयमा पोजेटिभ सर्किट लागेको छ । यसका इकाईधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ८.७६ प्रतिशत गुमाएका छन् । यसैगरी, रैराङ हाइड्रोपावर ८.२९ प्रतिशत, छ्याङ्दी हाइड्रोपावर ७.४३ प्रतिशत, मल्टी प्रपोज फाइनानस ५.२० प्रतिशत, माउन्टेन हाइड्रो, अरुण भ्याली, सिभिल लघुवित्त, सिंगटी हाइड्रोपावर र युनिलिभरको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Advertisement Section