नेपाल बंगलादेश बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको आइतबार बिहान बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५० प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

महिला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

महिला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

उपत्यका छाड्ने ह्वात्तै बढे, साढे ८ लाख बाहिरिए Read Next

उपत्यका छाड्ने ह्वात्तै बढे, साढे ८ लाख बाहिरिए