महिला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

 

हाल १० करोड चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरणपछि चुक्ता पूँजी १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

जसले ३ खर्बमा किने घाटामा चुर्लुम्म डुबेको एअर इन्डिया, यसकारण देखे सम्भावना Read Previous

जसले ३ खर्बमा किने घाटामा चुर्लुम्म डुबेको एअर इन्डिया, यसकारण देखे सम्भावना

नेपाल बंगलादेश बैंकको लाभांश घोषणा Read Next

नेपाल बंगलादेश बैंकको लाभांश घोषणा