काठमाडौं । हिमालयन बैंक बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट २१.३६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.६४ प्रतिशत नगद गरी कुल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
हालसम्म लाभांश घोषणा गरेका आधादर्जन बैंकहरुमध्ये हिमालयनको लाभांश सबैभन्दा धेरै हो । यस्तै, हिमालयनसँगै मर्जरमा जाने सम्झौता गरेको नेपाल इन्भेष्टमेन्टले भने १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
प्रस्वावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।
हाल १० अर्ब ६८ करोड ४४ लाख ९०० रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि १२ अर्ब ९६ अर्ब ६५ लाख ८८ हजार ९३२ रुपैयाँ पुग्ने छ ।