सांग्रिला विकास बैंकको लाभांश घोषणा

काठमाडौं । सांग्रिला विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

अनलाइन गेमले 'खायो' चङ्गाको व्यापार, बालबालिका र युवाको छैन आकर्षण Read Previous

अनलाइन गेमले 'खायो' चङ्गाको व्यापार, बालबालिका र युवाको छैन आकर्षण

ग्लोबल आइएमई र सबैको लघुवित्तको बम्पर लाभांश घोषणा, कुनको कति ? Read Next

ग्लोबल आइएमई र सबैको लघुवित्तको बम्पर लाभांश घोषणा, कुनको कति ?