काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेकका छन् ।
सबैको लघुवित्तको सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत वर्षको मुनाफाबाट ३१.०५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
यसैगरी, ग्लोबल आइएमई लघुवित्त सञ्चालक समितिको मंगलबारै बसेको बैठकले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो।ग्लोबलले अर्को लघुवित्तलाई प्राप्ति गरेकोले कर छुट हुने भएकाले नगद घोषणा गरेको छैन ।
दुवै लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।