दशैंको बेला विद्युत् खपत ३०० मेगावाट घट्ने

काठमाडौं । दशैंमा विद्युतीय खपत घट्ने भएको छ । उद्योग, कलकारखाना, सबै बन्द हुने भएकाले विद्युतको खपत घट्ने भएको हो ।

 

हाल सबै सिस्टमहरुबाट दैनिक १८ सय मेगावाट विद्युत उत्पादन हुने गरेको छ । केही समयअघि आएको बाढीका कारण १ सय मेगावाट विद्युत अझै बन्द अवस्थामा रहेको छ ।

 

दशैँमा सरदर २ सयदेखि ३ सय मेगावाट विद्युत खपट घट्ने गरेको छ । विद्युत प्राधिकरणका प्रणाली सञ्चालन विभागका प्रमुख सुरेश भट्टराईले असोजदेखि माघसम्ममा विद्युतको उत्पादन फुल फेजमा भए पनि खपत भने घट्ने बताए ।

 

सामान्य अवस्थामा दैनिक १४ सय ५० देखि १६ सय ५० मेगावाटसम्म विद्युत खपत हुने गरेको छ । ‘विद्युतको उत्पादन बढिरहेको छ, दैनिक १८ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ, खपत भने दशैं, तिहार, छठसम्म घट्छ, त्यो विद्युत निर्यात गर्न नसकेकाले खेर जाने हो,’ भट्टराईले भने ।

 

उनले तिहारको १/२ दिन विजुलीको खपत बढ्ने भए पनि अन्य समयमा कम नै हुन उनले बताए ।

 

स्ट्यान्डर्ड चार्टड बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

स्ट्यान्डर्ड चार्टड बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

मध्य भोटेकोशीको आइपीओ खुल्यो, कति कित्ता भर्ने ? Read Next

मध्य भोटेकोशीको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?