‘दशैंमा च्याङग्राको मासु प्रतिकेजी २५ सय पुग्ने, खसीको मूल्य नबढ्ने’

काठमाडौं । यो पटक दशैंमा च्याङग्राको मासु महंगीने भएको छ । यो वर्ष दशैंमा च्याङग्राको मासुको मूल्य करिब ८ सय रुपैयाँले महंगीने भएको हो ।

 

विगतका दशैमा च्याङग्राको मासुको मूल्य प्रतिकेजी १८ सय रुपैयाँसम्म रहेको थियो । यो वर्ष च्याङग्राको मासुको मूल्य २५ सय रुपैयाँ प्रतिकेजी पुग्ने मासु व्यवसायी बताउछन् ।

 

मासु व्यवसायी संघ पोखराका सचिव चिनबहादुर गुरुङ यो वर्ष चीनबाट च्याङग्रा आयात नभएका कारण महंगो हुन जाने बताउछन् । उनले यो वर्ष च्याङग्राको मासुको मूल्य प्रतिकेजी २५ सय रुपैयाँ पुग्ने बताए ।

 

यो पटक मुस्ताङबाट निकै कम संख्यामा च्याङग्रा ल्याइएको छ । यसले गर्दा च्याङग्राको मुल्य आकाशिने भएको हो । कोरोनाले गर्दा कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले सहजरुपमा च्याङग्रा मुस्ताङ ल्याउन पाएका छैनन्

 

‘हरेक वर्ष चीनबाट च्याङग्रा आयात गरिने भएकोले मासुको मूल्य कम हुने गर्थ्यो तर, यो पटक चीनबाट कोभिडका कारण आयातमा रोक लगाइएकाले मुस्ताङबाट मात्र च्याङग्रा ल्याइदंैछ,’ गुरुङले चाणक्यपोष्टसँग भने ।

 

 

मुस्ताङमा रोज्जा च्याङग्राको मूल्य ४० हजारसम्म पुगेको छ । सहरी क्षेत्रमा ल्याएर बेच्दा त्यसको भाउ ४५ हजारदेखि ५० हजार रुपैयाँमाथि पुग्नेछ । गत वर्ष यहाँका व्यापारीले रोज्जा च्याङग्रालाई २७ हजार ५०० तिरेर ल्याएका थिए ।

 

दशैंमा च्याङग्राको मासुको माग अत्याधिक हुने गरेको छ । काठमाडौं उपत्यका, पोखरा, बाग्लुङ लगायतका सहरी क्षेत्रमा च्याङ्ग्राकै मासु बढि खपत हुने गरेको छ । एउटै पसलहरुले २ हजार बढि च्याङग्रा विक्री गर्न बजारसम्म लाने गरेको व्यवसायी बताउछन् । यो पटक मुस्ताङबाट निकै कम संख्यामा च्याङग्रा ल्याइएको छ । यसले गर्दा च्याङग्राको मुल्य आकाशिने भएको हो । कोरोनाले गर्दा कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले सहजरुपमा च्याङग्रा मुस्ताङ ल्याउन पाएका छैनन् ।

 

खसीबोकामा आत्मनिर्भर

 

पशु सेवा विकासको तथ्यांक अनुसार देशभर १ करोड ४० लाखको संख्यामा खसी, बोका, च्याङग्रा उत्पादन हुन्छन् । वार्षिक ५० अर्ब रुपैयाँ बराबरको ३५ लाख खसी, बोका, च्याङ्ग्रा मासुका लागि उपभोग हुने गरेको छ । बाँकी गाउँघरमै उपभोगका लागि खर्च हुने विभागले जनाएको छ ।

 

विभागका प्रवक्ता तथा वरिष्ठ पशु अधिकृत डा. चन्द्र ढकालले विगत २ दशकयता खसी, बोका, च्याङग्रा लगायतका जनावरको उत्पादन उल्लेख्य बढेको बताए । २०५७/५८ मा खसी, बोका, च्याङग्राको उत्पादन देशभर ६५ लाखको हाराहारीमा रहेको थियो । हाल उक्त संख्या बढेर १ करोड ४० लाख हाराहारी पुगेको छ ।

 

उनले माग भन्दा बढि उत्पादन भएकाले खसीबोकाको मूल्यमा वृद्धि नहुने बताए । ‘बजारमा खसीबोका अभाव हुँदैन, हाम्रो उत्पादन खपत भन्दा बढि छ,’ ढकालले चाणक्यपोष्टसँग भने ।

 

विगतका वर्षहरुमा १० अर्ब बढिका ५ लाख बढि खसीबोका आयात हुन्थे । अहिले आयात घटेर ८ हजारको संख्यामा पुगेको विभागको तथ्यांकले देखाएको छ ।

 

खसीबोकाको खपत

 

हाल देशभरका मुख्य–मुख्य बजारमा खसीबोकाको खपत बढ्दो देखिएको छ । दशैंमा काठमाडौंमा ५० हजार खसीबोका खपत हुन्छ । पोखरामा १२ हजार खसीबोका खपत हुन्छ । यसैगरी बिराटनगरमा १० हजार खसीबोका खपत हुन्छ ।

 

देशभर ५ लाख ५२ हजार मेट्रिकटन कुखुरा, खसी, बोका, च्याङग्रा लगायतका मासु उत्पादन हुन्छ । मासुको खपत देशभर ३ लाख ७९ हजार मेट्रिकटन रहेको छ

 

भरतपुर, विर्तामोड, शनिश्चरेमा ७५–७५ हजार खसीबोका खपत हुने गरेको छ । यसैगरी धरानमा ३० हजार तथा बुटवल र नेपालगञ्जमा ४०–४० हजार खसिबोका खपत हुने गरेको छ । दशैंमा मात्र देशभर करिब १० लाख हाराहारीमा खसीबोका खपत हुने गरेको विभागले जनाएको छ ।

 

देशभर ५ लाख ५२ हजार मेट्रिकटन कुखुरा, खसी, बोका, च्याङग्रा लगायतका मासु उत्पादन हुन्छ । मासुको खपत देशभर ३ लाख ७९ हजार मेट्रिकटन रहेको छ । बाँकी सबै गाउँघरमा कृषकहरुले आफै खपत गर्ने गरेको विभागले जनाएको छ ।

 

काठमाडौं उपत्यकामा खसीबोकाको मासुको माग भन्दा कुखुराको मासुको माग बढि रहेको छ । उपत्यकामा सामान्य अवस्थामा दैनिक ३ लाखदेखि ३ लाख ५० हजार किलोसम्म बोइलर कुखुराको मासु खपत हुनेको गरेको छ ।

 

यस्तै १२ सय वटा खसी मासुका लागि दैनिक काटिने पनि विभागले जनाएको छ । उपत्यकामा ८ सय वटा राँगा–भैंसी, ६ सय वटा बंगुर र ५ हजार किलो माछा दैनिक खपत हुने गरेको छ ।

 

उपत्यका र देशभरको खपतअनुसार कुखुरा, अण्डा र बंगुरमा मात्र नेपाल आत्मनिर्भर छ । माछा र खसीमा भारत निर्भर भएपनि सरकारले भारतबाट हुने खसी आयातमा रोक लगाएको छ । राँगा–भैंसी भने वर्षेनी ठूलो परिमाणमा भारतबाटै भित्रिन्छन् ।

 

दशैंमा बिक्दैन कुखुराको मासु

 

दशैंमा होटल, रेष्टुराँ तथा पार्टी प्यालेसहरु बन्द रहने र मानिसले खसीको मासुलाई प्राथमिकता दिने भएकाले कुखुराको मासुको खपत कमै हुने गरेको छ । दशैंमा कुखुराको मासु खासै बिक्री नहुने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । दशैंमा होटल, रेष्टुराँ, पार्टी प्यालेस, होस्टल र खाजा घर बन्द हुँदा कुल खपतको २० प्रतिशत मासु बिक्री घट्ने उनले बताए ।

 

‘दशैंमा कुखुराको मासु धेरै बिक्दैन । सबैले खसीनै खोज्छन् । होटल, रेष्टुरेन्ट सबै बन्द भएकाले झन् खपत घटेर जान्छ,’ बिसीले चाणक्यपोष्टसँग भने ।’

 

तालिवानले कब्जा गरेसँगै अफ्गानिस्तानी अर्थतन्त्र ध्वस्त हुने संघारमा Read Previous

तालिवानले कब्जा गरेसँगै अफ्गानिस्तानी अर्थतन्त्र ध्वस्त हुने संघारमा

अब घरको नक्शा पास अनलाइनबाटै हुने Read Next

अब घरको नक्शा पास अनलाइनबाटै हुने