तालिवानले कब्जा गरेसँगै अफ्गानिस्तानी अर्थतन्त्र ध्वस्त हुने संघारमा

पहिलादेखि नै कमजोर अफ्गानिस्तानी अर्थतन्त्र तालिवानको कब्जा पछि झन् उधो झर्न थालेको छ । गत महिनामा अफ्गानिस्तानमा तालिवानले कब्जा गरेपछि अर्थतन्त्र ध्वस्त हुने संघारमा पुगेको हो ।

 

तालिवानले कब्जा गरे लगत्तै वैदेशिक सहायताहरु तुरुन्तै रोकिएका थिए । यसैबिच अमेरिकी सरकारले अफ्गानिस्तानी केन्द्रिय बैंकको ९.४ अर्ब डलर रोक्का गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

 

साथै, अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंकले पनि ऋण लगायत अन्य आर्थिक गतिविधि बन्द गरेका छन् । र, अन्य ३९ वटा सदस्य राष्ट्रहरुलाई पनि तालिवानको सम्पक्ति रोक्का गर्न चेतावनी दिएका छन् ।

 

गत अगष्ट महिनामा तालिवानले कब्जा जमाएपछि मानिसहरु आफ्नो बचत निकाल्न बैंक अगाडी लामो लामो लाइनमा बसेका छन् । अमेरिकाले अफ्गानिस्तानको सम्पक्ति रोक्का गर्ने र अन्तराष्ट्रिय संस्थाहरुले पनि आर्थिक सहायता बन्द गर्ने समाचारहरु बाहिर आएसँगै अफ्गानिस्तानीहरु आफ्नो बचत निकाल्न लाम लागेका हुन् ।

 

अन्तराष्ट्रिय समुदायले तालिवानी सत्तालाई मान्यता दिन अस्वीकार गरेसँगै अफ्गानिस्तानमा नगदको प्रवाह ठप्प भएको छ । अफ्गानी मुद्रा ध्वस्त भएको छ भने यो आर्थिक संकट मानवीय संकटमा बदलिने खतरा बढ्दै गएको छ ।

 

बिज्ञहरु अब अफ्गानिस्तानको एउटै बाटो भनेको अनौपचारिक अर्थतन्त्र भएको बताउन थालेका छन् । नयाँ सत्ता टिक्ने उपाए पनि यहि भएको उनीहरुको बुझाई छ । यसअघि सत्तामा नआउँदा पनि तालिवानी अर्थतन्त्र अनौपचारिक (हवाला) कै माध्यमबाट चलेको थियो ।

 

यसैबिच संयुक्त राष्ट्र संघले अफ्गानिस्तानलाई १ अर्ब डलरको सहायता दिने भएको छ । उसले अब छिट्टै अफ्गानिस्तानको जनसंख्याको ठूलो हिस्सा गरिबीको रेखामुनी झर्ने चेतावनी पनि दिएको छ ।

 

यसैबिच अघिल्लो सरकारका व्यापार तथा उद्योग सहायक मन्त्री मोहम्मद सुलेमान बिन शाले पनि कब्जा अगावै अफ्गानिस्तानी अर्थतन्त्रको अवस्था निकै नाजुक रहेको बताएका छन् ।

 

‘धेरै विदेशी पैसा थुपारिएको भएपनि विगत २० वर्षमा अर्थतन्त्र र आर्थिक विकासको क्षेत्रमा खासै केहि काम भएको थिएन,’ उनले भनेका छन् ।

 

‘पैसा मुख्य रुपमा सुरक्षा र राजनीतिक मुद्दाहरुमा मात्र खर्च भएको थियो । त्यसबिच जे–जस्ता प्रक्रियाहरु शुरु भएका थिए र अत्यन्तै धिमा गतिमा सञ्चालित थिए, अब ती पनि ठप्प भएका छन्,’ उनले अगाडी भनेका छन् ।

एजेन्सी

 

 

 

 

 

 

एनआईसी एसिया लघुवित्तले घोषणा गर्यो ५.४१ प्रतिशत नगद लाभांश, सेयर मूल्यमा  भारी गिरावट Read Previous

एनआईसी एसिया लघुवित्तले घोषणा गर्यो ५.४१ प्रतिशत नगद लाभांश, सेयर मूल्यमा भारी गिरावट

‘दशैंमा च्याङग्राको मासु प्रतिकेजी २५ सय पुग्ने, खसीको मूल्य नबढ्ने’ Read Next

‘दशैंमा च्याङग्राको मासु प्रतिकेजी २५ सय पुग्ने, खसीको मूल्य नबढ्ने’