एनआईसी एसिया लघुवित्तले घोषणा गर्यो ५.४१ प्रतिशत नगद लाभांश, सेयर मूल्यमा भारी गिरावट

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लघुवित्तको सो लाभांश वितरण हुनेछ । असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

नगद लाभांश घोषणा गरेसँगै कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । आज (मंगलबार) १२ बजेसम्म लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ भने प्रति कित्ता ११४२ रुपैयाँमा कारोवार भइरहेको छ ।

मेरो माइक्रोफाइनान्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ? Read Previous

मेरो माइक्रोफाइनान्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

तालिवानले कब्जा गरेसँगै अफ्गानिस्तानी अर्थतन्त्र ध्वस्त हुने संघारमा Read Next

तालिवानले कब्जा गरेसँगै अफ्गानिस्तानी अर्थतन्त्र ध्वस्त हुने संघारमा