मेगा बैंकले ल्यायो डेढ करोडसम्मको इन्सुरेन्स सुविधा भएको नयाँ योजना

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना ल्याएको छ ।

 

ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना संचालनमा ल्याएको हो । खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानका लागि यो खाता खोल्न सकिनेछ ।

 

खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्पहरु राखिएको छ । तीन फरक योजनाहरुमध्ये आफूलाई उपयुक्त योजना छनौट गर्न सकिनेछ ।

 

जसबाट दुर्घटना मृत्यु बीमा, घातक रोग बीमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्सुरेन्स अधिकतम डेढ करोडसम्मको बीमा सुरक्षाको व्यवस्था गरिएको छ ।

 

यो वाणिज्य बैंकहरुले प्रदान गर्दै आएको बीमा सुरक्षा रकममध्ये हालसम्मकै सर्वाधिक रकम हो । यो खाता खासगरि निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगारमूलक व्यवसाय गरिरहेका सर्वसाधारण व्यवसायी, विभिन्न पेशा व्यावसायमा आबद्ध व्यक्तित्वहरुलाई उपयुक्त हुने बैंकको विश्वास छ ।

 

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकको यस योजनालाई ग्राहकहरुले अत्याधिक मन पराउने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीको विश्वास छ ।

 

यो खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

 

यसका अलवा मेगा बैंकले यसअघिदेखि नै न्यूनतम मौज्दात एक हजारदेखि नै बीमा सुविधासहितको बचत योजना पनि उपलब्ध गराउँदै आएको छ ।

माछापुच्छ्रे बैंकको १३ नयाँ शाखा सञ्चालनमा Read Previous

माछापुच्छ्रे बैंकको १३ नयाँ शाखा सञ्चालनमा

फास्ट ट्रयाकमा ३ वटा सुरुङ र ८७ वटा पुल बन्ने Read Next

फास्ट ट्रयाकमा ३ वटा सुरुङ र ८७ वटा पुल बन्ने