माछापुच्छ्रे बैंकको १३ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ ।

 

बैंकले प्रदेश २ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा र लालबन्दी त्यस्तै धनुषा जिल्लाको ढल्केबर, सिराहा जिल्लाको गोलबजार र सप्तरी जिल्लाको कन्चनरुपमा ९ वटा शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको हो ।

 

यस्तै, बैंकले प्रदेश नं. १ को झापा जिल्लामा उर्लाबारी र सुरुङ्गा, उदयपुर जिल्लाको गाईघाट तथा ताप्लेजुङ्ग जिल्लाको ताप्लेजुङ्ग बजारमा गरी जम्मा ४ शाखाहरुको औपचारिक सुरुवात गरेको हो ।

 

यी सबै शाखा कार्यालयहरुको समुद्घाटन सम्बन्धित स्थानीय निकायका जनप्रतनिधि एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. विरेन्द प्रसाद महतोले संयुक्त रुपमा गरेका हुन् ।

 

बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

 

बैंकले देशभरका १३६ वटा शाखा कार्यालय, १२१ शाखारहित बैकिङ्ग सेवा, १५७ वटा एटीएममार्फत ग्राहकलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ

असारे विकासको परिणाम :  बजेट हतार-हतारमा स्वाहा, यात्रु र सवारीको बिचल्ली Read Previous

असारे विकासको परिणाम : बजेट हतार-हतारमा स्वाहा, यात्रु र सवारीको बिचल्ली

मेगा बैंकले ल्यायो डेढ करोडसम्मको इन्सुरेन्स सुविधा भएको नयाँ योजना Read Next

मेगा बैंकले ल्यायो डेढ करोडसम्मको इन्सुरेन्स सुविधा भएको नयाँ योजना