काठमाडौं । सानिमा बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी संचालनमा ल्याएको छ ।
सानेपा कार्यालयको समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेशकुमार महर्जनले संयुक्त रुपमा गरे ।
सो समारोहमा बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सो क्षेत्रका स्थानीयलाई विशेष प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्न सुझाव दिए ।
यसैगरी हरिसिद्धि कार्यालयको समुद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०८ कार्यालय र ९७ वटा एटीएम संचालनमा रहेका छन् ।