काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ ।
अपिले विद्युत् नियमन आयोगबाट हाल कायम चुक्ता पूँजीको ३९.३६ प्रतिशत (१००ः३९.३९ अनुपात) हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको हो । आयोगबाट अनुमति पाएसँगै अब हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
हाल २ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि चुक्ता पूँजी ३ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।