यस वर्षभित्रै ४२ वटा जहाज बेच्दै थाइ एयर, यस्तो छ कारण

काठमाडौैं । कोरोना महामारीका कारण थला परेको थाइल्याण्डको ध्वजावाहक कम्पनी थाइ एयरवेजले चालू वर्षभित्रै ४२ वटा जहाज विक्री गर्ने भएको छ ।

 

महामारीका कारण आर्थिक संकटमा परेपछि त्यसबाट उत्रिन थाइले आफूसँग भएकामध्ये ४२ वटा जहाज बेच्न लागेको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमह?ले जनाए अनुसार थाइले विश्वभर उडान गन्तव्य घटाउने र आवश्यक संख्यामा मात्रै जहाज राख्ने भएको छ ।

 

थाइ एयरले अब ५८ वटा जहाजमार्फत मात्रै सेवा दिने बताइएको छ । कम्पनीले यसअघि १०० वटा जहाजले विश्वका विभिन्न गन्तव्यमा सेवा दिँदै आएको थियो ।

 

साथै, थाइ एयरले पछिल्लो समय खर्च कटौती गर्न ४ हजार २५० जना कर्मचारी कटौती गरिसकेको छ । करिब १० हजार जना कार्यरत कम्पनीले कोरोना यता ठूलो संख्यामा कर्मचरी कटौती गरिसकेको छ।

 

कम्पनी पुनरुत्थानका लागि ५० बिलियन भाट ( १ खर्ब ७५ अर्ब नेपाली रुपैयाँ) को आवश्यक रहेको थाइ एयरवेजले जनाएको छ । यसका लागि वित्तीय संस्था र सरकारको सहयोगको आवश्यकता रहेको बताइएको छ ।

-थाइइन्क्वारी डटकम

वर्षा नहटी मुख्य सडकका खाल्टाखुल्टी नपुरिने Read Previous

वर्षा नहटी मुख्य सडकका खाल्टाखुल्टी नपुरिने

१ दर्जन सडकका अवरोध हटाइए, कुन-कुन सडक पूर्ण रूपमा खुले ? Read Next

१ दर्जन सडकका अवरोध हटाइए, कुन-कुन सडक पूर्ण रूपमा खुले ?