कुमारी क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्दिने, थप यस्ता सुविधैसुविधा

काठमाडौं। कुमारी क्यापिटलले ‘एक नेपाली एक डिम्याट खाता’ अभियान अन्तर्गत निःशुल्क हितग्राही खाता खोल्न योजना ल्याएको छ । क्यापिटलले उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गर्दै यस्तो अफर ल्याएको हो ।

 

पूँजी बजारभन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई डिम्याट खाताको पहुँच वृद्धि गर्ने उद्देश्यले यस्तो योजना ल्याएको क्यापिटलले जनाएको छ।

 

क्यापिटलमा निःशुल्क डिम्यात खाता खोल्नका लागि अनलाइनमार्फत निवेदन दिन सकिने क्यापिटलले जनाएको छ। साथै, कुमारी बैंकका सबै शाखा र क्यापिटलका कार्यालयबाट खाता खोल्न सकिनेछ।

 

यस, योजना अनुसार डिम्याट खाता खोल्नेले निःशुल्क लगानी परामर्श, खाता खोल्ने ग्राहकलाई प्रोटोफोलियो म्यानेजमेन्ट सेवामा वार्षिक २५ प्रतिशत छुट, भौतिक सेयरलाई तुरुन्तै डिम्याट खातामा ल्याउने व्यवस्था लगायतका सुविधा पाउने छन् ।

 

डिम्याट खाता सम्बन्धि समस्यामा रहेक खातावालले समेत यो योजनाबाट लाभान्वित हुने क्यापिटलको अपेक्षा छ।

६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले निःशुल्क सिमकार्ड पाउने Read Previous

६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले निःशुल्क सिमकार्ड पाउने

नयाँ नोट छाप्न वर्षेनी अर्बौं खर्च, प्रतिनोट छपाइ खर्च कति ? Read Next

नयाँ नोट छाप्न वर्षेनी अर्बौं खर्च, प्रतिनोट छपाइ खर्च कति ?