सनराइज बैंकमा तलबी खाता हुनेले बिना धितो १५ लाख ऋण पाउने

काठमाडौं । सनराइज बैंकले विभिन्न कम्पनी तथा कार्यालयका कर्मचारीलाई लक्षित गर्दै ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ ।

 

बैंकको यस योजना अनुसार आफ्नो बैंकमा तलबी खाता भएका ग्राहकले बिना धितो १५ लाख रुपैयाँसम्म ऋण पाउने छन् ।

 

बैंकका अनुसार ग्राहकले अधिकतम २४ महिनाको तलब वा ५ लाख रुपैयाँसम्मको ओभरड्राफ्ट र १० लाख रुपैयाँसम्मको टर्म लोन पाउन छन् । यस्तो कर्जा अधिकतम ५ वर्षसम्मका लागि दिइने बैंकले जनाएको छ ।

 

यस्तै, बैंकले १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत ब्याज दिने योजना समेत ल्याएको छ ।

रिडी हाइड्रोपावरको लाभांश घोषणा Read Previous

रिडी हाइड्रोपावरको लाभांश घोषणा

न्यादी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

न्यादी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?