काठमाडौं । कोका–कोलाले दशैँ अभियान ‘धन्यवाद’ संचालन गरेको छ । यस अभियानले महामारीको चुनौतीपूर्ण समयमा सकारात्मक प्रभाव पार्ने व्यक्तिहरूसँग ‘धन्यवाद’ लेबल गरिएका कोकको बोतलहरू बजारमा ल्याएको छ ।
यो प्रवद्र्धन अभियानको मुख्य आशय कठिन समयमा पनि साथीको रूपमा सहयात्री रहेका व्यक्तिहरूलाई एउटा कोकको बोटलमार्फत धन्यवाद प्रकट गर्नु रहेको कम्पनीले जनाएको छ ।
कोका–कोलाले सहयात्री बनेका हरेक व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ । जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी, र सेवाकर्मीहरू रहेका छन् ।
पाँच वर्षदेखि कोका–कोलाले ग्लोबल ‘सेयर ए कोक’ अभियान अन्तर्गत इनोभेटिभ विषयवस्तुहरू प्रस्तुत गर्दै आएको छ । जसलाई ‘मन खोलौं कोकसँग’को रूपमा स्थानीयकरण गरीएको थियो । यो अभियान सम्बन्धहरूलाई नजिक ल्याउनमा केन्द्रित थियो । यस वर्ष भने कोकले व्यक्तिगत रूपमा कृतज्ञा प्रकट गर्न एक कदम अगाडि बढाएको कम्पनीले जनाएको छ ।
यो नयाँ अभियानको सुरुवातसँगै कम्पनीले अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडर बनाएको छ ।
कोका–कोलाका नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, ‘कोका–कोलाले यस पालिको दसैँ चाड उपभोक्ताहरूलाई महामारीको समयमा उनीहरूलाई प्रोत्साहित र प्रेरित गर्नुभएका परिवारको सदस्यहरू र साथीहरू प्रति हार्दिक आभार व्यक्त गर्दै मनाउन प्रेरित गरेको छ ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले यस पर्वको मौसममा नयाँ कोक बोतलहरूको माध्यमबाट फ्रन्टलाइन नायकहरू, परिवार र साथीहरू प्रति सम्पूर्ण देशको कृतज्ञता व्यक्त गर्न सक्षम भएको बताए ।