सिभिल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

 

हाल २४ करोड २१ लाख २१ हजार ३७९ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि चुक्ता पूँजी २८ करोड ८१ लाख २४ हजार ४४१ रुपैयाँ पुग्नेछ ।

होटल व्यवसायीले धमाधम ल्याउन थाले अफर, कुन होटलको कस्तो छ प्याकेज ? Read Previous

होटल व्यवसायीले धमाधम ल्याउन थाले अफर, कुन होटलको कस्तो छ प्याकेज ?

कोका-कोलाको दशैँ लक्षित अभियान ‘धन्यवाद’, ८ नयाँ लेबल बजारमा Read Next

कोका-कोलाको दशैँ लक्षित अभियान ‘धन्यवाद’, ८ नयाँ लेबल बजारमा