काठमाडौं । सरकारले दशैंका लागि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल गरी असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।
विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि अग्रिम टिकट खुलाउने निर्णय गरेको हो । विभागकोे निर्णयसँगै अब असोज ११ गतेदेखि काठमाडौं उपत्यका बाहिरका गन्तव्यको अग्रिम टिकट बुकिङ गर्न सकिने छ ।
यसवर्ष यात्रुले भाडाभने गतवर्षभको भन्दा धेरै तिर्नुपर्नेछ । सरकारले गत असारदेखि लागू हुने गरी लामो दूरीका सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ । असारदेखि अन्तर प्रदेशमा चल्ने सवारीसाधनको भाडा २८ प्रतिशतले भाडा वृद्धि गरिएको थियो ।
हाल अन्तर प्रदेशको भाडा समायोजन लागू नभएपनि यातायात व्यवसायीले भने नयाँ दर अनुसार नै भाडा उठाउँदै आएका छन् ।
कुन गन्तव्यको कति छ भाडा ?