एमालेको नाराबाजी बीच आर्थिक र ऋण उठाउने विधेयक पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।

 

अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुवै विधेयक बैठकले बहुमतले पारित गरेको हो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

 

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।

 

बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

विदेशिने बढे पनि रेमिट्यान्स आप्रवाह १८ प्रतिशतले घट्यो Read Next

विदेशिने बढे पनि रेमिट्यान्स आप्रवाह १८ प्रतिशतले घट्यो