बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । हिजो एकै दिन १०५ अंकले बढेको बजारमा आज न्यून अंकको वृद्धि भएको हो ।

 

आज बैंकको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यसअघि विकास बैंक, हाइड्रोपावर, फाइनान्स कम्पनीमा प्रफिट बुक गरेका लगानीकर्ता बैंकमा डाइभर्ट भएका हुन् ।

 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२८ कम्पनीको ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ बराबरको १ करोड ५७ लाख १४ हजार २२६ कित्ता सेयर किनबेच भएका छन् ।

 

बिहीबार कारोबारमा आएका १३ वटा समूहमध्ये बैंकिङ र फाइनान्स बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । बैंकिङ समूह सबैभ्न्दा धेरै २.४७ प्रतिशतले बढेको छ भने होटल समूह २.८६ प्रतिशतले घटेको छ ।

 

कारोबारमा आएका २२८ कम्पनीमध्ये ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १४२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नपाल बैंक २७ करोड र माछापुच्छे बैंक झन्डै २४ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

 

झिनो अंकले बढेको बजारमा बिहीबार मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

यस्तै, प्राइम लाइफ ६.१३, नेपाल बैंक र नेपाल बंगलादेश बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ । मैलुङ खोला जलविद्युत् ४.०५, सानिमा, प्रभु, बैंक अफ काठमाडौं, प्राइम, मेगासहित १ दर्जन बैंकको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

बढ्दो बजारमा आज हिमालयन पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ५.०९ प्रतिशत गुमाएका छन् ।

सपिङ मलमा छैन चहलपहल, ल्याएनन् दशैंको अफर Read Previous

सपिङ मलमा छैन चहलपहल, ल्याएनन् दशैंको अफर

एमालेको नाराबाजी बीच आर्थिक र ऋण उठाउने विधेयक पारित Read Next

एमालेको नाराबाजी बीच आर्थिक र ऋण उठाउने विधेयक पारित