तरलता अभाव चुलिएपछि ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

 

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

 

यसअघि नेराबैंकले गत भदौ १७ गते सात दिन अवधिको २० अर्ब, २४ गते १४ दिनको ३० अर्ब र भदौ ३१ गते २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो ।

 

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले नियमितरुपमा एसएलएफ सुविधा लिने गरेका छन् ।

 

राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आवमा बुधबारसम्म ४ खर्ब ९ अर्ब ५६ करोड एसएलएफमार्फत उठाएका छन् । बैंक वित्तीय संस्थाले बुधबार मात्र १२ पटकमा २७ अर्ब २४ करोड एसएलएफमार्फत उठाएको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

सडकमा कालोपत्रको सट्टा कंक्रिट, कान्ति राजमार्गमा ढलान गरिँदै Read Previous

सडकमा कालोपत्रको सट्टा कंक्रिट, कान्ति राजमार्गमा ढलान गरिँदै

सपिङ मलमा छैन चहलपहल, ल्याएनन् दशैंको अफर Read Next

सपिङ मलमा छैन चहलपहल, ल्याएनन् दशैंको अफर