सानिमा बैंकको लाभांश घोषणा

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत गरी कुल १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

 

हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी ११ अर्ब ३२ करोड पुग्नेछ ।

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

अब काठमाडौं उपत्यकामा ९९ रुपैयाँमै ट्याक्सी चढ्न पाइने Read Next

अब काठमाडौं उपत्यकामा ९९ रुपैयाँमै ट्याक्सी चढ्न पाइने