काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत गरी कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।
हाल ९ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी १० अर्ब २६ करोड पुग्नेछ ।