एनआईसी एशिया बैंकले ल्यायो ‘नयाँ सुपर चमत्कारिक निक्षेप योजना’

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा ल्याएको जानकारी दिएको छ।

 

सबै तह र तप्काका ग्राहकलाई उपयुक्त हुने “सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाताले बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने बैंकको विश्वास छ।

 

 

यी निक्षेप योजनाहरुमा ग्राहकले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार रुपैयाँसम्मको बीमा सुविधा पाउने छन्।

 

यसमा परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोड रुपैयाँसम्मको बीमा सुविधा, दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि ३० लाख रुपैयाँ सम्मको बिमा सुविधा, परिवारका लागि १ लाख ५० हजार रुपैयाँसम्मको औषधी उपचार बिमा सुविधा पाउने छन्।

 

मुलुकभर २९७ शाखा कार्यालयहरु, ३४६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकका करिब १८ लाख ग्राहक छन्।

४० मेगावाटको तनहुँ जलविद्युत् निर्माणको काम १ वर्ष पछि धकेलियो Read Previous

४० मेगावाटको तनहुँ जलविद्युत् निर्माणको काम १ वर्ष पछि धकेलियो

सरकारको साँघुरो सोच नै पर्यटन विकासको वाधक Read Next

सरकारको साँघुरो सोच नै पर्यटन विकासको वाधक