काठमाडौं । नेपालका युवा उद्यमीहरुको शिखर संस्था नेपाली युवा उद्यमी फोरम (एनवाइईएफ)ले आयोजना गरेको एनवाइईएफ स्टार्टअप अवार्डबाट ‘डक्टर्स अन कल’ कम्पनी सम्मानित भएको छ । घरमै डाक्टरको सेवा उपलब्ध गराउने यो कम्पनी मुख्य रुपमा दीर्घ रोगीहरुको लागि उपयोगी रहेको छ ।
सगरमाथा इन्स्योरेन्सले मुख्य प्रायोजक र सिद्धार्थ बैंकले सह–प्रायोजन गरेको उक्त अवार्ड कार्यक्रममा घरेलु सेवा उपलब्ध गराउने कम्पनी अर्वन्स नेपाल उप–विजेता बन्न सफल भएको छ ।कार्यक्रम गत सेप्टेम्बर १७ तारिखका दिन काठमाडौंको हायात होटलमा सञ्चालन भएको थियो ।
अवार्ड क्याटगोरी अन्र्तगत पिपुल्स चोइस अर्वाड पनि रहेको थियो । उक्त अवार्ड अनुभवमा आधारित रहेर केटाकेटीहरुलाई पढाउने र सिकाउने कम्पनी अन्सु टेक्नोलोजीले पिपुल्स चोइस अवार्ड जितेको छ ।
स्टार्ट अप अर्वाडको फाइनलमा ७ वटा टोलीहरु पुगेका थिए । अन्सु टेक्नोलोजी, डक्टर्स अन कल, इडुकेस, कस्यपी नेपाल, एमसीक्यु हल, अर्वन्स नेपाल र भक्स क्रो गरेर ७ वटा टोली अर्वाडको फाइनलमा पुगेका हुन् ।
उद्योग वाणिज्य महासंघले सन् २००३ मा संस्थागत मान्यता दिएको एनवाइईएफको मुख्य काम छलफल, मेन्टरसिपदेखि सामाजिक गतिविधिहरु सञ्चालन गर्ने र व्यवसायीक वातावरण निर्माण गर्ने रहेको छ ।