संविधान दिवसमा ३ दर्जन व्यवसायीलाई पदक, कसले के पाए ?

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा करिब ३ दर्जन व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गरेको छ । सरकारले उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा क्षेत्रगायतका व्यक्तिहरुलाई विभिन्न पदकले सम्मान गरेको हो ।

 

सरकारले प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचन, एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार र कैलाशचन्द्र गोयललाई राष्ट्रदीपबाट सम्मान गरेको छ ।

 

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, खेतान समूहका राजेन्द्रकुमार खेतान, शारडा समूहका अध्यक्ष शिवरतन शारडाले सुप्रबल जनसेवाश्री सम्मान पाएका छन् ।

 

न्यौपाने समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, पर्यटन व्यवसायी राजु ढकाल, नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष एवं नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारी, सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड, शर्मा एण्ड शर्मा कम्पनीका रमेश शर्मा, सञ्चयकुमार खेतान, व्यवसायी गोविन्द गोयन्का, अर्जुनमान सैंजु, नारायण अग्रवाल, सत्यनारायण क्याल, कुञ्ज अग्रवाल प्रवल जनसेवाश्रीबाट सम्मानित भएका छन् ।

 

यस्तै, नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकर रबिना देशराज जोशी, बीमक सुनिलबल्लभ पन्त, बीमक दीपप्रकाश पाण्डे, सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल, पर्यटन व्यवसायी चिन्तामणि न्यौपाने, होमनाथ कोइराला, व्यवसायी देवकिसन मुन्दडा, सौरभ दुगड, कृष्णप्रसाद शर्माले पनि प्रवल जनसेवाश्री सम्मान पाएका छन् ।

 

यसैगरी जनसेवाश्री पदकबाट राधेश्याम हलुवाई, साना उद्योगी सागर थापा, कृषि व्यवसायी अम्बर बहादुर बानियाँ, कमल किशोर मालपानी, यादव सिंह कार्की, चुन्न प्रसाद पौडेल, नरिश्वर शर्माले सम्मानित भएका छन्।

तातोपानी भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम Read Previous

तातोपानी भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम

धुर्मुस सुन्तली 'विकासे मोडल' अवसान उन्मुख ! Read Next

धुर्मुस सुन्तली 'विकासे मोडल' अवसान उन्मुख !