 
			काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ ।
असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिनेछ । यस्तै, खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो सेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ ।
यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाख रुपैयाँ बराबरको घातक रोगको बीमा सुविधा रहेको छ ।
साथै, ५० हजार रुपैयाँ बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार रुपैयाँ बराबरको वार्षिक बहिरंग उपचार खर्च र ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकलाई प्रदान गरिने बैंकले जनाएको छ ।
सानिमा बैंकको वेबसाइटमा लगइन गरी अनलाइन खाता पनि खोल्न सकिन्छ । बैंकले हाल देशभरका १०४ वटा कार्यालय तथा ९६ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                