बैंकले बढाए ब्याजदर, कुनको कति ?

काठमाडौं । कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् ।

 

बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १०.७ प्रतिशत ब्याज दिने भएको छ ।

 

सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंक (७.५)को छ । बैंकहरूले सार्वजनिक गरेका सूचनानुसार प्राइम कमर्सियल बैंकले संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम ९.७५ प्रतिशत तथा मेगा बैंकले ९.५५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेका छन् ।

 

त्यसैगरी एनएमबी बैंकले ९.५२, सानिमा बैंकले ९.५१, ग्लोबल आईएमई बैंकले ९.५० प्रतिशत नबिलले साधारणमा ९.२६ प्रतिशत, एनसिसी बैंकले ९.२६ प्रतिशत, सेञ्चुरी बैंकले ९.२५, हिमालयन बैंकले ९ प्रतिशत, सिद्धार्थ बैंकले ९.०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले ९.०२ प्रतिशत र लक्ष्मी बैंकले ९ प्रतिशत ब्याज दिने बताएका छन् ।

 

त्यस्तै बैंक अफ काठमाडौँले ८.७७ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले ८.७६ प्रतिशत, माछापुच्छ«े बैंकले ८.७५ प्रतिशत, एभरेष्ट बैंकले ८.६१ प्रतिशत, एनआईसी एसिया बैंकले ८.६ प्रतिशत, नेपाल एसबीआई बैंकले ८.५५ प्रतिशत, सिभिल बैंकले ८.५५, कुमारी बैंकले ८.५१ प्रतिशत, कृषि विकास बैंकले ८.५ प्रतिशत, प्रभु बैंकले ८.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.०६ प्रतिशत, नेपाल बैंकले ८.०५ प्रतिशत, सिटिजन्स बैंकले आठ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ .५५ प्रतिशत ब्याजदर कायम गरिएको जनाएका छन् ।

 

बैंकहरूले साधारण निक्षेपमा न्यूनतम ४.२६ देखि अधिकतम –२६ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेका छन् । यसैगरी बैंकहरूले कर्जातर्फ आधार दरमा प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेका छन् ।

 

बजारमा लगानीयोग्य रकम अभाव देखिएको अवस्था देखिएपछि आफ्नो निक्षेपबाहिर जान नदिन पनि बैंकहरूले ब्याजदर बढाउन परेको बैंकर बताउँछन् ।

 

नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको देखिन्छ । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको अवस्था देखिन्छ ।

 

बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो जस्ता सुविधाको प्रयोग गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको बिहीबारसम्म ३ खर्ब ५२ अर्ब २९ करोड एसएलएफमार्फत उठाएको देखिन्छ । राष्ट्र बैंकले गत भदौ १७ मा सात दिनका अवधिको २० अर्ब, भदौ २४ मा १४ दिन अवधिको रु ३० अर्ब र भदौ ३१ मा २० रुपैयाँ अर्ब बराबरको रिपोसमेत जारी गरिसकेको छ ।

मार्बललाई विस्थापन गर्दै ग्रेनाइड, ४० प्रतिशतले घट्यो मार्बलको माग Read Previous

मार्बललाई विस्थापन गर्दै ग्रेनाइड, ४० प्रतिशतले घट्यो मार्बलको माग

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा Read Next

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा