दशैंमा आईएमईबाट पैसा पठाउँदा पठाएको भन्दा ८ गुणा बढी जित्न सकिने

काठमाडौं । आइएमईले पर्व लक्षित ‘दशैँमा डबलको डबलको डबल अफर’ सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ सम्म कायम हुनेगरी कूल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफर विहीबार पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका वीच सार्वजनिक गरिएको हो ।

 

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजार भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने जानकारी दिइयो । साथै, आइएमई पेमा रकम प्राप्त गर्दा २०० रुपैयाँ थप बोनसको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

 

अफर सार्वजनिक कार्यक्रममा संक्षिप्त मन्तब्य व्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमई प्रति आम सेवाग्राहीहरूले देखाउँदै आउनु भएको भरोसालाई आगामी दिनमा अझै सुदृढ तुल्याउने प्रतिवद्धता व्यक्त गर्दै समय समयमा ल्याइने यस्ता अफरहरू कम्पनी र सेवाग्राही वीचको सम्बन्धलाई अझै मजबुत बनाउन फलदायी हुने विश्वास व्यक्त गरे ।

 

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनुहुने छैन ।

 

सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।

रोकिएन नेप्सेमा पहिरो जाने क्रम, ७६ अंकको भारी गिरावट Read Previous

रोकिएन नेप्सेमा पहिरो जाने क्रम, ७६ अंकको भारी गिरावट

चीनलाई चुनौती दिन यूके, अमेरिका र अस्ट्रेलियाबीच सम्झौता Read Next

चीनलाई चुनौती दिन यूके, अमेरिका र अस्ट्रेलियाबीच सम्झौता