रोकिएन नेप्सेमा पहिरो जाने क्रम, ७६ अंकको भारी गिरावट

काठमाडौं । साताको कारोवारको अन्तिम दिन आज बिहिवार सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ विन्दुमा बन्द भएको हो ।

 

साताको अन्तिम दिन २२९ कम्पनीको ९ अर्ब ३३ करोड ९० लाख रुपैयाँ बढीको १ करोड ६४ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.९४ प्रतिशतले घटेको छ ।

 

यस्तै, हाइड्रोपावर ४.०८ प्रतिशतले घटेको छ भने विकास बैंक, होटल समूह र व्यापार उप–समूह पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये जम्मा २ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । अरुणको ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

 

यस्तै, रीदि हाइड्रोपावर २८ करोेड, अपि पावर २५ करोड, युनाइटेड मोर्दि हाइड्रोपावर २२ करोड र हिमालयन डिष्टिलरी २० करोेडको कारोवार सहित सर्वाधिक कारोबार हुने शिर्ष ५ कम्पनी बनेका छन् ।

 

सर्वाधिक गिरावट आएको यस दिनकोे सेयर बजारमा मनकामना स्मार्ट लघुिवत्तलले सकारात्मक सर्किट हानेको छ ।

 

आज कर्पोरेट डेभलपमेन्ट बैंकका सेयर धनिले सबैभन्दा धेरै ८.१७ प्रतिशतले गुमाएका छन् । यस्तै, श्री इन्भेष्टमेनट फाइनान्सका लगानीकर्ताले ७.१८ प्रतिशततले गुमाए । आइसीएफसी फाइनान्सको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै,लिबर्टी इनर्जी र चन्द्रागिरीको सेयर मूल्य ६ प्रतिशत बढिले घटेको छ ।

 

चाडपर्व नजिकिएसँगै कपडाको व्यापार बढ्दै, आयात दोब्बरले बढ्यो Read Previous

चाडपर्व नजिकिएसँगै कपडाको व्यापार बढ्दै, आयात दोब्बरले बढ्यो

दशैंमा आईएमईबाट पैसा पठाउँदा पठाएको भन्दा ८ गुणा बढी जित्न सकिने Read Next

दशैंमा आईएमईबाट पैसा पठाउँदा पठाएको भन्दा ८ गुणा बढी जित्न सकिने