नेपालमा पहिलो पटक आयो निजी क्षेत्रको कार्गो रेल

काठमाडौं । नेपालमा पहिलो पटक निजी क्षेत्रबाट सञ्चालित कार्गो रेल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सम्झौता भएको १७ वर्षपछि निजी क्षेत्रको कार्गो रेल सामान बोकेर पहिलोपटक नेपाल आएको हो ।

 

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार आज बिहान १० बजे भारतबाट सामान लिएर कार्गो रेल वीरगञ्ज सुख्खा बन्दरगाहमा आइपुगेको हो ।

 

हिम्ड टर्मिनल प्रालिले संचालन गरेको उक्त रेल हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेर ३५ घण्टामा नेपाल आइपुगेको हो ।

 

नेपाल र भारत सरकारबीच भएकाे निजी क्षेत्रका रेल सञ्चालन गर्न पाउने व्यवस्था अनुसार उक्त कार्गो रेल नेपाल भित्रिएको हो ।

 

२०६१ सालमा नेपाल–भारतबीच भएको रेल सेवा सम्झौता अनुसार सरकारी स्वामित्वको रेलले मात्रै नेपाल आउन पाउने व्यवस्था थियो । सन् २०२१ जुलाईमा उक्त सम्झौता पुनरवलोकन गर्दै नेपालमा भारतीय निजी क्षेत्रका रेल सञ्चालन गर्न पाउने व्यवस्था गरिएको थियो ।

लक्ष्मी बैंक नयाँ शाखा पोखराको विरौटामा Read Previous

लक्ष्मी बैंक नयाँ शाखा पोखराको विरौटामा

दशैं अघि लाइसेन्सको फारम नखुल्ने, कार्ड अभाव हुँदा पास भएका ७ लाखले पाएनन्  लाइसेन्स Read Next

दशैं अघि लाइसेन्सको फारम नखुल्ने, कार्ड अभाव हुँदा पास भएका ७ लाखले पाएनन् लाइसेन्स