लक्ष्मी बैंक नयाँ शाखा पोखराको विरौटामा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा कास्कीको पोखरा महानगरपालिका-१७, विरौटामा संचालनमा ल्याएकोे छ । योसँगै बैंकको शाखा संख्या १३६ वटा पुगेको छ ।

 

यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

 

बैंकको यस शाखाबाट सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

 

यो शाखा विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइलफोन मार्फत बैंकिङ सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

बैंकले देशभरका १३६ वटा शाखा कार्यालयहरु, ७ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १६६ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

 

‘मोज्याक’ टायलको प्रयोग बढ्दो, सडकदेखि होटलसम्म चम्काउँदै Read Previous

‘मोज्याक’ टायलको प्रयोग बढ्दो, सडकदेखि होटलसम्म चम्काउँदै

नेपालमा पहिलो पटक आयो निजी क्षेत्रको कार्गो रेल Read Next

नेपालमा पहिलो पटक आयो निजी क्षेत्रको कार्गो रेल