होन्डाको दशैं अफर : सातै प्रदेशका ग्राहकलाई १ लाख उपहार, बम्परमा १५ लाख

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग प्रालिले आफ्नो दशैं तथा तिहार स्किम ‘होन्डाको साथ ७’ ल्याएको छ ।

 

नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होन्डा खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ ।

 

यस योजनाको समय अविधिभर होन्डाका ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार प्राप्त गर्न सक्ने छन् ।

 

साथै, यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्ने छन् ।

 

त्यसैगरी होन्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक, १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआई र १ प्रतिशत ब्याजदरमा समेत होन्डाका मोटरसाइकल ग्राहकले खरिद गर्न सक्नेछन् ।

 

यस अवधिमा मोटरसाइकल किन्ने ग्राहक मध्येबाट १ जना भाग्यसाली ग्राहकहरुले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत ईएमआइमा सामसुङको फ्ल्यागसिप स्मार्टफोन किन्न सक्ने Read Previous

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत ईएमआइमा सामसुङको फ्ल्यागसिप स्मार्टफोन किन्न सक्ने

एमालेको विरोधका बीच विनियोजन विधेयक स्वीकृत Read Next

एमालेको विरोधका बीच विनियोजन विधेयक स्वीकृत