सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत ईएमआइमा सामसुङको फ्ल्यागसिप स्मार्टफोन किन्न सक्ने

काठमाडौं । सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत ब्याजमा मासिक किस्ता (ईएमआइ)मा सामसुङको फ्ल्यागसिप स्मार्टफोन किन्न सक्ने भएका छन् ।

 

सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक विक्रेताहरु आईएमएस नेपाल प्रालि तथा हिम इलेक्ट्रोनिक्स बीच  बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा ( प्रदान गर्ने सम्झौता भएको छ ।

 

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १ वर्षका लागि प्रि—बुकिङ्ग गर्न सक्नेछन् ।

 

साथै प्रि—बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने छन् । भदौ २० गतेबाट प्रि—बुकिङ्ग शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च असोज ६ गते हुनेछ ।

 

प्रि—बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्ने छन् । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइटमा लगइन गरी आवेदन दिन सकिन्छ ।

 

सानिमा बंैकले हाल देशभरका १०४ वटा कार्यालय तथा ९६ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

 

सडकमा कालोपत्रको सट्टा कंक्रिट, भट्टेडाडाँ जाने सडक ढलान गरिँदै Read Previous

सडकमा कालोपत्रको सट्टा कंक्रिट, भट्टेडाडाँ जाने सडक ढलान गरिँदै

होन्डाको दशैं अफर : सातै प्रदेशका ग्राहकलाई १ लाख उपहार, बम्परमा १५ लाख Read Next

होन्डाको दशैं अफर : सातै प्रदेशका ग्राहकलाई १ लाख उपहार, बम्परमा १५ लाख