इजरायल जानेको भाषा परीक्षा आजदेखि, कहिले आउछ नतिजा ?

काठमाडौं । केयर गिभरमा रोजगारीका लागि इजरायल जानेहरुको अंग्रेजी भाषा परीक्षा आजदेखि शुरु हुने भएको छ ।

 

परीक्षाका लागि काठमाडौंमा विभिन्न १६ परीक्षा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । दिउँसो १ बजेबाट एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुँदैछन् ।

 

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन लिइएका ९ हजार ६९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको हो ।

 

परीक्षामा सहभागी हुनेहरुलाई विभागले इमेलमा नै प्रवेश पत्र पठाइसकेको छ । यस्तै परीक्षा केन्द्र पनि इमेलबाटै जानकारी गराइसकेको विभागले जनाएको छ ।

 

परीक्षामा सहभागी हुन आफ्नो परिचय खुल्ने सक्कल कागजात र प्रवेशपत्र प्रिन्ट गरेर लैजानुपर्नेछ । स्वास्थ्य मापदण्ड पालना गरेर हरेक कोठामा बढीमा २५ जना र एक बेन्चमा एक जनालाई मात्र राखेर परिक्षा लिईने वैदेशिक रोजगार विभागले बताएको छ ।

 

८० पूर्णाङ्कको परीक्षामा अंग्रेजी भाषामा ग्रामर र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिनेछ । परीक्षाको नतिजा दुई दिन भित्रमा सार्वजनिक हुने वैदेशिक रोजगार विभागका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए ।

 

लिखित परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता र शारीरिक परीक्षण गर्ने विभागको तयारी छ ।इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नु पर्ने उल्लेख गरिएको छ । भिसा, टिकटलगायत खर्च करिब १ लाख ६५ हजार लाग्ने अनुमान विभागको छ ।

 

कहाँ-कहाँ छन् परीक्ष केन्द्र

 

 

छ्याङ्दी हाइड्रोपावरले बनाएको आयोजनाको बिजुली असोजदेखि राष्ट्रिय लाइनमा जोडिने Read Previous

छ्याङ्दी हाइड्रोपावरले बनाएको आयोजनाको बिजुली असोजदेखि राष्ट्रिय लाइनमा जोडिने

सम्झौता नहुँदा अघि बढ्न सकेन काठमाडौं-रक्सौल रेलमार्ग Read Next

सम्झौता नहुँदा अघि बढ्न सकेन काठमाडौं-रक्सौल रेलमार्ग