राष्ट्र बैंकले असोज ४ देखि नयाँ नोट साट्ने, एक व्यक्तिले कति पाउँछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ ।

 

राष्ट्र बैंकका अनुसार असोज ४ देखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयबाट सर्वसाधरणलाई नयाँ नोट वितरण गर्ने भएको हो ।

 

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष भने कोरोनाका कारण वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण घटेकाले नयाँ नोट वितरण गर्न लागेको पछि राष्ट्र बैंकले जनाएको छ ।

 

एक व्यक्तिले अधिकतम् १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट पाउने राष्ट्र बैंकले जनाएको छ । एक व्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक/एक बन्डल नयाँ नोट पाउने छन् ।

 

राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट उपलब्ध गराइसकेको छ । बैंकहरुले आफ्ना खास ग्राहकहरुलाई नयाँ नोट वितरण गर्न शुरु गरिसकेका छन् । यद्यपि, थोरै नोट आएको भन्दै सबै ग्राहकलाई भने दिने गरेका छैनन् ।

 

स्मार्ट सिटी निर्माण कछुवाको गतिमा, काम गर्न सधैँ बजेट अभाव Read Previous

स्मार्ट सिटी निर्माण कछुवाको गतिमा, काम गर्न सधैँ बजेट अभाव

छ्याङ्दी हाइड्रोपावरले बनाएको आयोजनाको बिजुली असोजदेखि राष्ट्रिय लाइनमा जोडिने Read Next

छ्याङ्दी हाइड्रोपावरले बनाएको आयोजनाको बिजुली असोजदेखि राष्ट्रिय लाइनमा जोडिने