यतीले फेरि ल्यायो दुई गन्तव्यका लागि सस्तो टिकट अफर, कहाँको कति ?

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न फेरि सस्तो टिकट अफर ल्याएको छ ।यसअघि पनि पटक पटक यस्तो अफर ल्याएको कम्पनीले पोखरा र भैरहवाका लागि सस्तो टिकट अफर ल्याएको हो ।

 

एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी यी दुई गन्तव्यको टिकट सस्तो मूल्यमा किन्न सकिने जनाएको छ ।

 

एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं-पोखरा  एकतर्फी टिकट १ हजार ७०० रुपैयाँ र काठमाडौं-भैरहवा एकतर्फी २ हजार रुपैयाँमा किन्न सकिने छ ।

 

यो अफर सेप्टेम्बर १३ र १४ (भदौ २८ र २९ गते) दुई दिनका लागि मात्र लागू हुने एयरलाइन्सले जनाएको छ ।

चाडवाडको मुखमा चिनीको कालोबजारी, सरकारले किन्न अनुमति नदिँदा अभाव चुलिँदै Read Previous

चाडवाडको मुखमा चिनीको कालोबजारी, सरकारले किन्न अनुमति नदिँदा अभाव चुलिँदै

स्मार्ट सिटी निर्माण कछुवाको गतिमा, काम गर्न सधैँ बजेट अभाव Read Next

स्मार्ट सिटी निर्माण कछुवाको गतिमा, काम गर्न सधैँ बजेट अभाव