बैंकहरूको ५७ प्रतिशत ऋण लगानी वाग्मती प्रदेशमा, कर्णालीमा सबैभन्दा कम, कुन प्रदेशमा कति ?

काठमाडौं । ऋण लगानी गर्दा बैंकहरुले कर्णाली प्रदेश सबैभन्दा कम प्राथमिकतामा परेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (कर्णाली प्रदेश)को तथ्यांकले यस्तो देखाएको हो ।

 

प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा कर्णालीमा बैंकहरुले कुल ४२ अर्ब ६४ करोड ऋण लगानी गरेका छन् । यो बैंकहरुले गत आवसम्ममा गरेको कुल ऋण लगानीको जम्मा १.१६ प्रतिशत हो । गत आवमा बैंकहरुले कुल ३६ खर्ब ५४ अर्ब ऋण लगानी गरेका थिए ।

बैंकहरुले कर्जा लगानी लागि वाग्मती प्रदेश पहिलो रोजाइमा परेको छ । यस प्रदेशमा मात्रै बैंकहरुले कुल ऋण लगानीको ५७ प्रतिशत अर्थात् २० खर्ब १८ अर्ब ऋण लगानी गरेका छन् ।

 

यसैगरी, बैंकहरुले प्रदेश १ मा ४ खर्ब १७ अर्ब, प्रदेश २ मा ३ खर्ब ९ अर्ब, गण्डकीमा २ खर्ब ७६ अर्ब, लुम्बिनीमा ४ खर्ब १७ अर्ब र सुदूरपश्चिम प्रदेशमा १ खर्ब १० अर्ब ऋण लगानी गरेका छन् ।

काष्ठमण्डप पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न Read Previous

काष्ठमण्डप पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न

पर्यटकीय सिजनमै अधिकांश होटल सुनसान, बुकिङ भएका पनि धमाधम रद्द Read Next

पर्यटकीय सिजनमै अधिकांश होटल सुनसान, बुकिङ भएका पनि धमाधम रद्द