काष्ठमण्डप पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न

काठमाडौँ । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म पुनर्निर्माणको ९५ प्रतिशत काम सम्पन्न भएको हो ।

 

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको जानकारी दिए ।

 

‘काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ, बाँकी रहेको काममध्ये छानो हाल्ने काम जारी छ त्यसपछि टेलीको काम हुन्छ, समग्रमा काष्ठमण्डप पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

श्रेष्ठका अनुसार कामपाको आर्थिक सहयोगमा साढे ११ करोड लागतमा काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

 

काष्ठमण्डप पुनर्निर्माणको लागि काठमाडौँ महानगरपालिकाले प्रदेश सांसद राजेश शाक्यको अध्यक्षतामा २०७५ वैशाख १८ गते काष्ठमण्डप पुनर्निर्माण समिति गठन गरेको थियो ।

 

सेयर बजारमा उच्च अंकको कमब्याक, यी १३ कम्पनीका सेयरधनी मालामाल Read Previous

सेयर बजारमा उच्च अंकको कमब्याक, यी १३ कम्पनीका सेयरधनी मालामाल

बैंकहरूको ५७ प्रतिशत ऋण लगानी वाग्मती प्रदेशमा, कर्णालीमा सबैभन्दा कम, कुन प्रदेशमा कति ? Read Next

बैंकहरूको ५७ प्रतिशत ऋण लगानी वाग्मती प्रदेशमा, कर्णालीमा सबैभन्दा कम, कुन प्रदेशमा कति ?